Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


एसिया कप फुटबलको छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै


0
Shares

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण र कठिन छ ।

फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ ।

यसअघि विश्वकपको समेत छनोट मानिएको खेलमा भारतसँग पराजित हुँदै नेपाल एसिया कप फुटबलको समेत पहिलो चरणबाटै बाहिरिएको थियो ।

तर तेस्रो चरणका लागी छनोट भएको ग्वामले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि तथा घरेलु फुटबल संघमा लागेको प्रतिबन्धका कारण कुवेतले प्रतिस्पर्धा गर्न नपाउने भएपछि एएफसीले सोलिडारिटी कपको फाइनलिस्टको हैसियतमा नेपाल र मकाउलाई यो अबसर दिएको हो ।

तेस्रो चरणको छनोटमा नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । प्रत्येक टोलीले होम एण्ड अवेका आधारमा एक अर्कासँग दुई/दुई खेल खेल्नेछन् ।

समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमाईरेट्स युएईमा हुने एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

एशियन कपका लागि हालसम्म १२ टोली छनोट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनोट खेलीरहेका छन् ।