२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


इरानका विदेशमन्त्रीद्वारा आकस्मिक राजीनामा


0
Shares

काठमाडौं । इरानका विदेशमन्त्री जवाद जरिफले पदबाट आकस्मिक रुपमा राजीनामा दिएका छन् ।

विदेशमन्त्री जरिफले इन्स्ट्राग्राममार्फत् राजीनामा दिएको घोषणा गरेका हुन । उनले सरकारबाट आफ्नो कार्यकालका बेला भएका गल्तीको माफीसमेत मागेका छन् । 

जरिफले सन् २०१५ मा अमेरिकासँगको परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तर पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौता रद्द भएको घोषणा गरेका थिए । ५९ वर्षीय जरिफ सन् २०१३ देखि इरानको विदेशमन्त्री बनेका थिए । 

यसअघि संयुक्त राष्ट्र संघमा इरानको राजदूत रहेर काम गरिरहेका जरिफले आफ्नो राजीनामा पत्रमा इरानी नागरिक र प्रशासनलाई शुभकामना दिएका छन् ।

उनले राजीनामा दिनुको स्पष्ट कारण भने खुलाएका छन् ।

अमेरिकाले इरानसँग गरेको परमाणु सम्झौता रद्द गरेपछि जरिफ इरानको कट्टरपन्थीको निशानामा पर्नुभएको थियो । सम्झौतापछि इरानले आफ्ना परमाणु कार्यक्रमलाई सीमित राख्दै आएको थियो ।