Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सुडानमा ड्रोन आक्रमणमा परी मृत्यु हुनेकाे संख्या २३ पुग्याे, १९ घाइते


26
Shares

एजेन्सी । सुडानको रणनीतिक शहर एल–ओबेदमा बिहीबार भएकाे ड्रोन आक्रमणमा परी मृत्यु हुनेकाे संख्या २३ जना पुगेकाे छ।

एक अधिकारवादी समूह र प्रत्यक्षदर्शीहरूले आक्रमणमा परी १९ जना घाइते भएकाे बताएका हुन् । संयुक्त राष्ट्र संघले यस वर्षको जनवरीदेखि अप्रिलसम्म देशभर भएका ड्रोन आक्रमणमा परी ८ सय ८० जना सर्वसाधारणको मृत्यु भएको जनाएकाे छ । सन् २०२३ अप्रिलमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच शुरु भएको द्वन्द्वसँगै बढेको ड्रोन युद्ध सुडानको हिंसाको प्रमुख विशेषता बनेको छ । मृत्यु हुनेमा दुई बालबालिका र एक महिला रहेको मेडिकल स्रोतले जनाएकाे छ ।

युद्ध भरि दुर्व्यवहारको दस्तावेजीकरण गर्दै आएको आपतकालीन वकिल समूहले दक्षिणी कोर्डोफान क्षेत्रको मुख्य केन्द्रमा आवासीय क्षेत्रहरू, अन्त्येष्टि सभा र खाद्यान्न सामग्री बोकेको ट्रकमा आक्रमण बुधबार रातिदेखि शुरु भएर बिहीबारसम्म जारी रहेको थियो । विशेष गरी आरएसएफले गत अक्टोबरमा पश्चिमी डार्फरमा सेनाको अन्तिम प्रमुख गढ एल–फाशर कब्जा गरेपछि इथियोपियाको सीमा नजिकै कोर्डोफान क्षेत्र र ब्लू नाइल राज्यमा हालैका महिनाहरूमा लडाइँ तीव्र भएको छ । तेल भण्डार, अझै पनि द्वन्द्व कडारूपमा जारी छ ।

यस व्यापक द्वन्द्वले दशौं हजार मानिसहरूको ज्यान लिएको छ । एक करोड १० लाख भन्दा बढीलाई आफ्नो घरबाट विस्थापित गर्न बाध्य पारेको छ । यसलाई संयुक्त राष्ट्र संघले विश्वको सबै भन्दा ठूलो विस्थापन र भोकमरीको संकटको रूपमा वर्णन गरेको हाे ।