Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


वरियता विवादले मन्त्रिपरिषद बैठक प्रभावित, थापाकै पक्षमा प्रधानमन्त्री


0
Shares

तर, औपचारिक रुपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषदको बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो,’ देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईले सम्झाइदिनुपर्‍यो ।’

‘उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमति मै टुंग्याउनुस्’ भन्ने जवाफ देउवाले दिएका थिए ।

‘प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नु भएको छ,’ देउवाका निजी सचिव भानु देउवाले भने । –अन्नपूर्ण पोस्ट दैनिकबाट