Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


साझालाई रुट नदिन मन्त्रालयकै दबाब


0
Shares

यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दा समेत मन्त्रालयले कुनै चासो लिएको छैन ।

उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाव दिँदै आएको स्रोतको दाबी छ ।

‘हाम्रो प्रयासले मात्र केही चल्दैन’, विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’

साझा यातायातले भक्तपुरमा बस सञ्चालनगर्न रुट परिमिटका लागि विभागा निवेदन दर्ता गरेको तीन साता बितिसक्यो । तर राजनीतिक दल र मन्त्रालयको दबावमा विभागले अनुमति दिन सकेको छैन ।

‘भक्तपुरवासीको अनुरोधमा बस सेवा विस्तार गर्न खोजेका हौं,’ साझा यातायातका कार्यकारी प्रमुख महेन्द्र पाण्डेले भने, ‘जनताको इच्छाविपरीत कोही चल्छ भने त्यसको छिनोफानो सरकारले गर्छ ।

हामी त सेवा दिन तयार छौं, जनता लिन आतुर छन् ।’ रुट परमिट पाएको भोलिपल्टैदेखि भक्तपुरका विभिन्न रुटमा २० वटा बस गुड्ने उनले बताए ।

सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार यातायात व्यवसायीले विभागको अनुमति लिएर जुनसुकै स्थानमा सवारी चलाउन सक्ने प्रावधान छ ।

तर, स्थानीय व्यवसायीको दादागिरी र मन्त्रालयको दबाबका सामु विभाग अधिकारी मौन छन् । -कान्तिपुर दैनिकबाट