Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


निधिको वरीयता दाबीलाई देउवाले साथ दिएनन्, गोपालमानलाई गृहमन्त्री बनाउने तयारी


0
Shares

बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषदमा बस्न नहुने निजी फैसला सुनाएका थिए ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री दाहालको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषदमा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलाई दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।

तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । निधिको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट