 
	    पर्वत, असार २१ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएपछि पोखरा–बागलुङ सडकखण्ड अबरुद्ध भएको छ ।
सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका वडा नं. ५ भ्याप्लेखोलामा माथिबाट आएको पहिरोले सडक पुँरिदा गएराति १ बजेदेखि नै सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट गएका सवारीसाधन डिमुवामा रोकिएका छन् ।
धौलागिरिबाट छुटेका सवारीसाधन पनि आम्वोटमै अलपत्र परेका छन् । सडक खुलाउने पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीले वर्षा नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने सम्भावना कम रहेको बताए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्