Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


बिहे भएको ६ महिनामै बच्चा जन्मिए पनि स्वीकार्नुपर्ने !


0
Shares

तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानुनमा विवाह भएको मितिले एक सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मानिने प्रस्ताव गरिएको छ ।

पतिको मृत्यु भएमा वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट दुई सय ७५ दिनभित्र अर्थात् नौ महिनासम्म पनि पति कै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

‘विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारणले छिटो बच्च जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो,’ विधायन समितिका सदस्य रेवतीरमण भण्डारीले भने, ‘सम्बन्ध विच्छेद भएपछि उसको गर्भबाट नौ महिनासम्म बच्चा जन्मने सम्भावना हुने तर पतिले स्वीकार नगरेको देखिएकाले यस्तो व्यवस्था गरिएको हो ।’ –नागरिक दैनिकबाट