Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


एनसेलसँग ३२ अर्ब असुल्नुपर्ने महालेखा परीक्षक कार्यालयको ठहर


0
Shares

महालेखाको ५४ औं वार्षिक प्रतिवेदनमा एनसेलबाट कर संकलन गर्न ठूला करदाता कार्यालय लगायतले जिम्मेवारी पुरा नगरेको उल्लेख गरिएको छ ।

एनसेल स्वामित्व गत वर्ष एक खर्ब ४४ अर्ब रुपैयाँमा स्विडेनको टेलियाबाट मलेसियाको एक्जियाटामा हस्तान्तरण भएको थियो ।

पूँजीगत लाभकर तिर्न नपर्ने अड्डी कसेको एनसेलले दबाब परेपछि ६६ अर्ब ४६ करोड रुपैयाँ लाभ भएको देखाइ त्यसको १५ प्रतिशत बापत हुने नौ अर्ब ९६ करोड रुपैयाँ कर दाखिला गरेको थियो । बाँकी १० प्रतिशत चाँही विक्रेता टेलियाले तिर्नुपर्ने अड्डी उसले लिदैं आएको छ ।

महालेखाका अनुसार १० प्रतिशत बापत हुन आउने ६ अर्ब ६४ करोड रुपैयाँ त असुल्नुपर्ने छ नै, थप कर असुल्नुपर्ने हुन्छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट