Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


चुनाव सार्नेबारे कांग्रेसको धारणा मागे प्रधानमन्त्रीले


0
Shares

देउवाले मधेसी मोर्चा पनि सहभागी हुने अवस्थामा निर्वाचन सार्न वा दुई चरणमा गर्न सकिने बताएको भोलिपल्टै आइतबार प्रधानमन्त्रीले त्यसबारे बुझ्न उनलाई बालुवाटार बोलाएका हुन् ।

कांग्रेसका प्रदेश नम्बर दुईका नेतासँगको छलफलबाट आएका सुझावबारे कुरा गर्न प्रधानमन्त्रीले सभापतिलाई बोलाउनु भएको थियो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सभापतिले मधेसी दल चुनावमा आउँछन् भने केही दिन सार्न सकिन्छ, होइन भने निर्वाचनलाई प्रयोगमात्र गर्ने नीति हो भने वैशाखमै निर्वाचन गर्न सकिने बताउनु भएको छ ।’

प्रधानमन्त्री दाहाल र देउवाबीच संविधान संशोधनका लागि दर्ता भएको प्रस्तावमा टेकेर मोर्चालाई सहमतिमा ल्याउने विषयमा पनि कुराकानी भएको थियो । – नयाँ पत्रिका दैनिकबाट