Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


ओलीको अडानपछि प्रधानमन्त्री दाहाल सकसमा


0
Shares

बजेट ल्याउन प्रतिपक्षीको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले गरेको एजेण्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेका हुन् ।

‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुरा राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार्य हुँदैन,’ प्रधानमन्त्री दाहालसँग आफ्नै निवास बालकोटमा भेटेपछि ओलीले भने ।

सरकार जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा छ । मधेसी मोर्चासँग भएको सहमति अनुसार आइतबारको मन्त्रिपरिषद बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट