१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


असार २१ र २२ गते मध्यम वर्षा हुने अनुमान


0
Shares

काठमाडौं, असार २० । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

बाँकी भू–भागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भइ केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, असार २२ गते देशैभरि मौसम बदली भइ पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

पश्चिमका केही स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ । रासस