
नेपालगन्ज, असार २० । नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरमा गौहत्या गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान आफ्नै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।
पक्राउ परेका मोहम्मद इलियास जोलाहालाई यसअघि अदालतले ठगी मुद्दामा चार वर्ष कैद गरेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्