८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


अमेरिकी सिनेटर टोली नेपालमा


0
Shares

तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनेसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

नेतृ पेलोसी अमेरिकी संसद कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा माइनोरिटी लिडर छन् ।

टोलीमा भारतीय मुलकी पहिलो अमेरिकी सांसद प्रमिला जयपालसहित सात सिनेटर छन् । नेते पिलोसी हाउस अफ रिप्रेजेन्टिटिभकी पूर्व सभामुख पनि हुन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट