Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पार्टीभित्र एक-अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः प्रवक्ता महत


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटो भन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँका अनुसार बैठकमा राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन गर्नु कति उपयुक्त छ भन्दै प्रश्न समेत गर्नुभएकाे छ।

याेसँगसँगै त्यसको लागि हाम्रो यथेष्ट तयारी समेत पुगेको अवस्था भए नभएको विषयमा छलफल केन्द्रित रहेको उहाँकाे भनाइ थियाे। उहाँले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने संस्थापन पक्ष, चुनावमा नयाँ नेतृत्व लिएर मात्रै जानुपर्ने दुई महामन्त्री र संस्थापनइतरको अडानले कांग्रेसभित्र आन्तरिक टकराव चुलिएको छ।