१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024


महुलीखोलाको पुल भासियो


0
Shares

लहान, असार २० । लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको अग्निसाइर–कृष्णासावरण गाउँपालिकास्थित महुलीखोलाको पुल भासिएको छ ।

लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करिब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पुलको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायातमात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । रासस