१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


ओखलढुंगामा जीप खस्यो, दुईजनाको मृत्यु


0
Shares

पूर्णप्रसाद न्यौपाने (इमेज)

ओखलढुंगा, असार २० । ओखलढुंगाको सुनकोसी गाउँपालिका–८, च्यानममा बुधबार एक यात्रीबहाक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मूलखर्कबाट सदरमुकाम ओखलढुंगातर्फ जाँदै गरेको बा१५च ८८४३ नम्बरको जीप रोकिएको ठाउँबाट चिप्लिएर भीरबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनकोसी गाउँपालिका–८ का ललीमाया थापामगर र डिल्ली दर्जीको मृत्यु भएको छ ।

दुर्घटनामा अरु चारजना घाइते भएको प्रहरीले जनाएको छ ।