
काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुखमा कसले जित हासिल गर्छ ? भन्ने सर्वत्र चासो छ ।
पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् भने ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार अगाडि रहेका छन् ।
काठमाडौंमा कांग्रेसका राजुराज जोशीले ५८१ मत, एमालेका विद्यासुन्दर शाक्यले ५४९ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले २१२ मत पाएका छन् ।
यस्तै, ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण ब्यञ्जनकार ४९२६ मतसहित अगाडि छन् भने कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ४७४४ मतसहित दोस्रो स्थानमा छन् ।
पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले १८८९ मत र कांग्रेसका रामजी कुँवर १७८८ मत पाएका छन् ।
भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार देवी ज्ञवालीले १३७३ र माओवादीकी रेणु दाहालले ९८७ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्