Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


काठमाडौंमा छुरा प्रहार गरी हत्या गर्ने युवक पक्राउ


0
Shares

नघलगल्ली–बांगेमुढामा अज्ञात व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका अवस्थामा सोमबार राति फेलापरेका काठमाडौं, शंखमुल बस्ने ललितपुर महानगरपालिका, पिलाछेका १९ वर्षीय आतिश लामाको उपचारका लागि वीर अस्पतालतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो ।

सो घटनामा संलग्न श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौं, खिचापोखरीबाट मंगलबार पक्राउ गरेको हो । १२ कक्षाको परीक्षा दिएर बसेका श्रेष्ठले पशुपति प्लाजा पार्किङमा काम गर्ने गरेको खुल्न आएको छ ।

उक्त राति अभियुक्त श्रेष्ठ कोठातर्फ जाँदै गर्दा पूर्वपरिचित नभएका दुईबीच बाटोमा भएको विवादमा मृतक लामाले श्रेष्ठको गालामा झापड हान्दै धकेलेपछि दुबै जनाबीच घम्साघम्सी भएको थियो ।

सोहीक्रममा श्रेष्ठले आफ्नो साथमा रहेको चाबी झुन्डाउने रिङमा रहेको छुरा लामालाई प्रहार गरी आफ्नो साथी नवीन तण्डुकारको कोठामा गइ बसेको खुल्न आएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई थप कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त जनसेवा पठाएको छ । रासस