काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको सभापति थापाको भनाइ छ । यद्यपि शिक्षा आफैंमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिकाकाे बारेमा गम्भीर बहस आवश्यक रहेको उहाँले बताउनुभयो ।
सभापति थापाले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानकाे बारेमा राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताउनुभएकाे छ। उहाँले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परिक्षाफल प्रकाशित हुनु ठूलो उपलब्धि ठान्ने सोचले हजारौं विद्यार्थी समस्यामा परेको समेत बताउनुभयो ।
सभापति थापाले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्