Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक रूपमा वृद्धि

अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार बढी प्रभावित

52
Shares

एजेन्सी । अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्ष २०२६/२७ को शुरुवातसँगै यहि जुलाई १ तारिखदेखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ ।

यस निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने र विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको हाे। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिसा (सबक्लास ५००) को शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएकाे छन्। पछिल्लो दुई वर्षमा यो शुल्क ७ सय १० डलरबाट बढेर २ हजार ५ सय डलरसम्म पुगेको हो ।

सरकारले पहिलोपटक अंग्रेजी भाषा अध्ययनका लागि मात्रै आउने विद्यार्थीका लागि छुट्टै शुल्क निर्धारण गर्दै २ हजार ५० अस्ट्रेलियन डलर कायम गरेको छ। त्यस्तै, अध्ययनपछि काम गर्न पाइने ग्राजुएट भिसा (सबक्लास ४ सय ८५) को शुल्क पनि ५ हजार ७ सय ५० अस्ट्रेलियन डलर पुगेको हाे ।

शुल्क वृद्धिको प्रत्यक्ष असर अध्ययन पूरा गरेर अस्ट्रेलियामै रोजगारी र स्थायी बसोबासको तयारीमा रहेका विद्यार्थी तथा उनीहरूलाई प्रायोजन गर्ने रोजगारदाता कम्पनीहरूमा पर्ने अपेक्षा गरिएको छ