Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


तराईमा २० स्थानीय तह थप्ने गच्छदारको प्रस्ताव राजपा नेपालद्वारा अस्वीकार


0
Shares

आइतबार राति स्थानीय तह थपसम्बन्धी मन्त्रीस्तरीय तीन सदस्य र कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी लगायत दलका सांसदबीचको बैठकमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तराईमा २० वटासम्म स्थानीय तह थप गर्न सकिने प्रस्ताव राखेका थिए ।

यद्यपि राजपासहित मधेसी शक्तिले गच्छदारको प्रस्ताव अपूरो र अवैज्ञानिक रहेको भन्दै अस्वीकार गरिदिएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट