प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना « Image Khabar


प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार १०:४८

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (आज) व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले अहिलेसम्म गरेका कामबारे जानकारी दिने बताइएको छ ।

उनले आजै राजीनामा समेत दिने सम्भावना रहेको बताइएको छ ।

गत साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएका दाहालले आफ्नो १० महिने कार्यकालमा भएका कामबारे जानकारी दिँदै राजीनामा दिने तयारीमा गरेको उनका सहयोगीहरुले बताएका छन् ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्