 
	    पौराणिक एव औद्योगिक नगरीकारुपमा परिचय बनाएको पुरानो सहर विराटनगर महानगरपालिका घोषण भएसँगै नगरवासीमा खुसी छाएको छ ।
विराटनगर सहरले एक सय वर्षको इतिहास बनाएको छ । राजनीतिक एवं आर्थिकरुपमा अगुवाइ लिने विराटनगर महानगरपालिका घोषणा भएसँगै विराटनगरको विकासले फड्को मार्ने नगरवासीले विश्वास लिएका छन् ।
विराटनगर महानगरपालिका घोषणासँगै विराटनगरको सुस्ताएको विकासलेसमेत फड्को मार्नेमा उद्योगी–व्यापारीसमेतको ठ्म्याइ छ ।
नयाँ संरचनामा विराटनगरपछिका सहरहरु महानगरपालिका बनेका भएपनि विराटनगर विविध कारणले महानगरपालिका घोषणा हुन सकेको थिएन ।
विराटनगर महानगरपालिका बनाउन पछिल्लो समय भने सबै राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी, नागरिक समाजका अगुवा लागिपरेका थिए ।
मुलुककै पुरानो सहर रहेको विराटनगर महानगरपालिका घोषणा भएसँगै अब विराटनगर प्रदेश नम्बर–१ को सम्भावित राजधानी बन्ने ढोकासमेत खुलेको पर्यटन व्यवसायी भवी श्रेष्ठ बताउँछन् ।
सरकारले विराटनगर महानगरपालिकाका लागि बूढीगंगा गाउँपालिकाअन्तर्गत् पुरानो टंकीसिनवारीको सबै क्षेत्र र साविकको जदाहा ३ नम्बर वडा विराटनगर महानगरपालिकामा गाभेको छ ।
टंकीसुनवारीको जनसंख्या २० हजार र जदाहा ३ नम्बर वडाको करिब ८ हजार जनसंख्या रहेको छ ।
२०६८ सालको जनगणनाअनुसार विराटनगर उपमहानगरपालिकको कुल जनसंख्या २ लाख ६१ हजार १२५ रहेको छ । १९ ओटा वडा रहेको विराटनगरको क्षेत्रफल २२.६ वर्गमिटर रहेको छ ।
साविकको सदरमुकाम रंगेलीबाट १९७२ मा विराटनगरमा जिल्ला सदरमुकाम सारिएको थियो ।
१० वर्षअघि उपमहानगरपालिका बनेको विराटनगर महानगर घोषणा भएसँगै स्थानीयवासीमा छाएको खुसी आगामी दिनमा नेतृत्वमा आउने प्रतिनिधिले गर्ने काममा निर्भर रहने हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्