पुल बनाउने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु « Image Khabar


पुल बनाउने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार ०८:२१

गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पु¥याएलगत्तै उनको मृत्यु भएको बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्