२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दोस्रो मैत्रीपूर्ण फुटबलमा मलेसियासँग नेपाली महिला टोली ४–१ ले पराजित


0
Shares

मलेसियाको कोता किनाबालुस्थित शबाब रंगशालामा बुधबार भएको खेलमा नेपाली टोली ४–१ ले पराजित भएको हो ।

खेलको सुरुदेखि नै दबाब बनाएको मलेसियाविरुद्ध नेपाली टोलीले कुनैपनि समय पुनरागमनको मौका नै पाएन ।

मलेसियालाई विजयी गराउन सेराइलिन एलीले २ गोल गरिन् भने नुराथीरान र नोरालिसाले १–१ गोल गरे ।

नेपालकी कप्तान सजना रानामगरले एक सन्तोना गोल फर्काइन् ।

यसअघि, सोमबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।