
कीर्तिपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले क्षेत्रीय टोली सुदूरपश्चिमाञ्चललाई ७ विकेटले हराएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४९औं ओभरमा अलआउट हुनुपूर्व १७० रन बनायो । सुदूरपश्चिमाञ्चलका लागि ज्ञानेन्द्र कुँवरले ४९ रन तथा भीम सार्कीले २८ रन जोडे ।
बलिङतर्फ पुलिस क्लबका सुशील कँडेलले ५ विकेट लिए ।
जवाफमा १७१ रनको चुनौती पुलिस क्लबले २५औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसका लागि अमित श्रेष्ठले ७५ रन तथा दिलीप नाथले ४० रनको योगदान दिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले अविजित २७ रन जोडे ।
सुदूरपश्चिमाञ्चलको ५ विकेट झारेका सुशील कँडेल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बिहीबार पुलिस क्लबले पूर्वाञ्चलसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्