२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला भलिबल प्रतियोगितालाई शिबम् सिमेन्टको साथ


0
Shares

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितालाई विभिन्न व्यावसायिक घरानाहरुले साथ दिएका छन् ।

प्रतियोगिताको लागि शिबम् सिमेन्टले सहप्रायोजन गरेको छ । यसबापत शिबम्ले ३ लाख रुपैयाँ दिनेछ ।

प्रतियोगितामा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीसँगै न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण प्रतिष्ठान सहभागी हुनेछन् ।

‘लिग कम नकआउट’को आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।