
समूह ‘ए’को पहिलो खेलमा सशस्त्रले सोमबार पश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गरेको हो ।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सशस्त्रले वर्षाले अवरुद्ध खेलमा ‘डकवर्थ लेविस’ नियमानुसार १६ रनको जित हासिल गरेको हो ।
सशस्त्र प्रहरीले पहिले ब्याटिङ गर्दै ३७ ओभरमा ४ विकेटको क्षतिमा १६० रन बनाएको थियो । सुवास खकुरेलले ५०, प्रदीप ऐरीले अविजित ४५ तथा कप्तान ज्ञानेन्द्र मल्लले अविजित ३३ रन बनाए ।
त्यसपछि वर्षाले रोकिएको खेलमा पश्चिमाञ्चलले डर्कवर्थ लेविस नियमानुसार २० ओभरमा १४८ रनको चुनौती पायो । पश्चिमाञ्चलले ६ विकेटको क्षतिमा १३१ रनमात्र बनाउन सक्यो ।
‘म्यान अफ द म्याच’ सौरभ खनालले ४९ बलमा ११ छक्का र ३ चौकाको मद्दतले अविजित रहँदै ९० रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
सौरभसँग सातौं विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्नेक्रममा विधान श्रेष्ठले अविजित रहँदै ८ रन जोडे । अलराउन्डर ज्ञानेन्द्रले ३ विकेट लिए ।
समूह ‘ए’मा सशस्त्र र पश्चिमाञ्चलसँगै मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल रहेका छन् ।
यसअघि, समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्