
आफ्नै प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका युवाहरुबीच आयोजित कार्निभलको उपाधि धौलागिरि टिमले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा अन्नपूर्ण टिमलाई ७४ रनले हराउँदै धौलागिरिले उपाधि जितेको हो । निर्धारित् १० ओभरको खेलमा धौलागिरिले १ विकेट गुमाएर ८२ रन बनाएको थियो ।
जवाफमा अन्नपूर्ण टिम ८ रनमै समेटियो । कार्निभलमा कुल ७० युवाहरुलाई ६ टिममा विभाजन गरी खेलाइएको थियो ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे, बालुवाटार क्रिकेट प्रशिक्षण केन्द्रका सन्चालक उपेन्द्र भट्टराईलगायतले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया दिनुहोस्