
मंगलबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षा बाधक भएपछि खेल रद्द भएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले ४३ ओभर २ बलमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।
राजवीर सिंहले ६३ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । किशोर महतोले २९ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा मध्यमाञ्चलले ४ ओभर २ बल खेल्दा १ विकेट गुमाएर २३ रन बनाउँदा वर्षा भएपछि खेल अगाडि बढ्न सकेन । खेल रद्द भएसँगै दुबै टिमले १/१ अंक बाँडेका छन् ।
समूह ‘ए’मा सशस्त्र प्रहरीले विजयी सुरुआत गर्दा पश्चिमाञ्चल विकास क्षेत्र अंकविहीन भएको छ ।
यसअघि, समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्