२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रिय महिला लिग फुटबलमा गोलको वर्षा, सावित्रा एक्लैले गरिन् ९ गोल


0
Shares

२८ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा १४ जिल्लाले स्याङ्जामा र १४ जिल्लाले पाल्पामा सहभागिता जनाउँदैछन् ।

स्याङ्जामा भएका पहिलो दिनका खेलमा स्याङ्जाले धनकुटालाई १३–१ को फराकिलो अन्तरमा पराजित गर्‍यो । सावित्रा भण्डारी एक्लैले ९ गोल गरिन् ।

मंगलबारै बाँके र सुनसरीबीचको खेल गोलरहित बराबरीमा सकियो । त्यस्तै, रौतहटले पाँचथरलाई १५-० ले हरायो ।

पाल्पामा भएको खेलमा झापाले दाङलाई ९–० ले, काठमाडौंले मकवानपुरलाई २–० ले तथा कन्चनपुरले भोजपुरलाई १–० ले हरायो ।