प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट बर्षाले प्रभावित, आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने « Image Khabar


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट बर्षाले प्रभावित, आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार ०७:५५

हरेक दिन पानी पर्न थालेपछि सहभागी टोलीहरु आफ्नो प्रदर्शनमा भन्दा पनि मौसमको भर पर्न बाध्य भएका छन् ।

कीर्तिपुर मैदानमा मंगलबार दिनभर जसो पानी परेपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्र र मध्यमाञ्चल विकास क्षेत्रबीचको खेल रद्द भएको छ ।

खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चलले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो ।

जवाफमा मध्यमाञ्चलले ४ ओभर २ बल खेल्दा १ विकेट गुमाएर २३ रन बनाउँदा वर्षा भएपछि खेल अगाडि बढ्न सकेन । खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् ।

यसअघि सोमबार एपीएफ र पश्चिमाञ्चलविचको खेल पनि वर्षाले प्रभावित बनेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आज मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्