
कीर्तिपुर मैदानमा बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले हरायो ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
पश्चिमाञ्चलका सौरभ खनालले अविजित ७८ रन जोड्दा अनिल गुरुङले २८ रनको योगादन दिए ।
खनालले यसअघि सशस्त्र प्रहरीविरुद्धको पहिलो खेलमा पनि ४९ बलमा ९० रनको विस्फोटक इनिङ खेलेका थिए ।
बलिङतर्फ मध्यमाञ्चलका किशोर महतोले ३ विकेट लिए ।
जवाफमा २०३ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४१औं ओभरमा अलआउट हुनुपूर्व १०७ रनमात्रै बनाउन सक्यो ।
मध्यमाञ्चलका इशान पाण्डेले २४ रन जोड्नुबाहेक अरु कुनैपनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
मध्यमाञ्चललाई सस्तैमा समेट्न पश्चिमाञ्चलका रोहितकुमार पौडेल र लालबहादुर अधिकारीले समान ३–३ विकेट लिए ।
यो जितसँगै पश्चिमाञ्चलले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ ।
प्रतियोगिताअन्तर्गत् बिहीबार हुने खेलमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्