२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


महिला लिगमा मोरङको सनसनीपूर्ण प्रदर्शन, धनुषा २१–० ले पराजित, लिम्बूको १२ गोल


0
Shares

स्याङ्जामा भएको खेलमा मोरङले धनुषालाई २१–० को फराकिलो अन्तरले हरायो । सुरु लिम्बू एक्लैले १२ गोल गरिन् । त्यस्तै, रेश्मा राईले ४ तथा मनमाया लिम्बूले ह्याट्रिक गरिन् ।

त्यस्तै, नवलपरासीले इलामलाई १–० ले तथा बाराले बर्दियालाई ३–० ले हरायो ।

यता, पाल्पामा बुधबारै भएको खेलमा कैलालीले उदयपुरलाई २–१ ले हरायो ।

त्यस्तै, ताप्लेजुङले सप्तरीलाई १०–० ले हरायो । ताप्लेजुङका लागि गीता राना र अनिता बस्नेतले ह्याट्रिक गरे ।

त्यस्तै, सुस्मा तामाङको ह्याट्रिकको मद्दतले सिन्धुपाल्चोकले सिन्धुलीलाई ५–० ले हरायो ।

पाल्पा र स्याङ्जामा जारी प्रतियोगितामा २८ टिम सहभागी छन् ।