२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


पश्चिमाञ्चल टिम प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश


0
Shares

बिहीबार भएको खेलमा मध्यपश्चिमाञ्चललाई ९ विकेटले हराउँदै पश्चिमाञ्चल सेमिफाइनलमा पुगेको हो ।

कीर्तिपुर मैदानमा भएको खेलमा मध्यपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य पश्चिमाञ्चलले १२ औं ओभरमा एक विकेट गुमाएर पुरा गर्‍यो ।

पश्चिमाञ्चललाई विजयी गराउन अनिल गुरुङले अविजित २३ रन तथा नुरध्वज सेनले अविजित १९ रन जोडे । यसैगरी सौरभ खनालले २० रन जोडे ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको मध्यपश्चिमले २३ ओभरमा अलआउट हुनुपुर्व ६२ रन मात्रै जोडेको थियो ।

मध्यपश्चिमको ईनिङ ध्वस्त बनाउन पश्चिमाञ्चलका बिपिन खत्री र लाल बहादुर अधिकारीले ४/४ विकेट लिए ।

आजको जितसँगै पश्चिमाञ्चल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समुहका तीन खेलबाट उसको ४ अंक भएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने खेलमा सशस्त्र प्रहरीको एपिएफ टिम र मध्यपश्चिमाञ्चल भिड्नेछन् ।

प्रतियोगिता अन्तर्गत अर्को समुहबाट पुलिस क्लव र त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।