Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अब अमेरिका जान फेसबुक, ट्वीटरलगायत सोसल मिडियाको सम्पूर्ण जानकारी चाहिने


0
Shares

अब अमेरिका जान पछिल्लो ६ वर्षसम्म आफूले चलाएको फेसबुक, ट्वीटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालको एकाउन्ट्स नाम र १५ सालसम्मको बायोग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने प्रक्रिया सुरु गरिएको छ ।

अब अमेरिका जान भर्नुपर्ने भिसा अनुमति फारममा पुरानो पासपोर्ट नम्बर, ६ वर्षको ‘सोसल मिडिया ह्यान्डल्स’को सम्पूर्ण जानकारीको साथै, इमेल ठेगाना, फोन नम्बरको सम्पूर्ण जानकारी उल्लेख गर्नुपर्नेछ ।

‘अमेरिकन डिपार्टमेन्ट अफ स्टेट भिसा’का लागि आवेदन दिनेहरुको सम्पूर्ण जानकारीको अध्ययन गर्न सुरु गरिएको हो ।

बुधबार (हिजो)मात्रै ‘स्टेट डिपार्टमेन्ट’का एकजना अधिकारीले आवेदन दिएका व्यक्तिहरुको परिचय जाँच गर्न, सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न सुरक्षा सर्तकताका लागि आवश्यक रहेको बताए ।

तर, ती अधिकारीले सामाजिक सञ्जालको ‘पासवर्ड’ भने नमागिने बताए ।

रोयटर्स समाचार संस्थाकाअनुसार गत मे २३ मा ट्रम्प प्रशासनले भिसा आवेदकहरुको सामाजिक सञ्जालमा निगरानी बढाउन भिसा फारममा फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतको जानकारी अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्थामा स्वीकृति दिएपछि यो नियम लागू भएको हो ।

ट्रम्प प्रशासनले यो नियम कसैको व्यक्तिगत स्वतन्त्रता हनन् गर्न नभइ आतंकवाद, घुसपैठ रोक्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन लागू गरेको जनाउँदै सम्पूर्ण जानकारी गोप्य राखिने उल्लेख गरेको छ ।

Skip This