२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डको विजयी सुरुवात


0
Shares

गएराति लण्डनको द ओभल मैदानमा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।

बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य घरेलु टोलीले १६ बल खेल्न बाँकी छँदा पुरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा अविजित १ सय ३३ रनको इनिङ खेले । यसैगरी अलेक्स हेल्सले ९५ रन तथा ईओन मोर्गानले अविजित ७५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो । बंगलादेशका लागि तमिम इकबालले १ सय २८ रन जोडेका थिए ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज न्युजिल्याण्ड र अष्ट्रेलिया भिड्नेछन् ।