
कीर्तिपुर मैदानमा शुक्रबार भएको खेलमा मध्यपश्चिमाञ्चललाई ५ विकेटले हराउँदै सशस्त्रले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । मध्यपश्चिमका अनुपम सिंहले ५६ रन तथा राजवीर सिंहले ३७ रन जोडे ।
बलिङतर्फ सशस्त्रका भुवन कार्कीले ३ विकेट लिए ।
जवाफमा १८२ रनको लक्ष्य सशस्त्रले २८ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । सशस्त्रका सन्दीप सुनारले ८७ रन जोड्दा आसिफ शेखले ४० रनको योगदान दिए ।
जितसँगै सशस्त्रले समूहमा अन्तिम खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । यो समूहबाट पश्चिमाञ्चल पनि सेमिफाइनलमा पुगिसकेको छ ।
समूह ‘बी’बाट दुई विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्