भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको चयन « Image Khabar


भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको चयन


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार २०:४५

मंगलबार मुम्बईमा भारतीय राष्ट्रिय टिमसँग खेल्नका लागि मुख्य प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

७/७ डिफेन्डर र मिडफिल्डर छानेका कोजीले गोलकिपर र फरवार्ड समान ३/३ जना समावेश गरेका छन् ।

आइतबार जाने टिममा गोलकिपरमा विकेश कुथु, किरण लिम्बू र विशाल श्रेष्ठ तथा डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कलम श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की र बिमल बस्नेत रहेका छन् ।

त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुुमन लामा र हेमन्त थापामगर तथा फरवार्डमा बिमल घर्तीमगर, भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।

फिलिपिन्सविरुद्धको एसिया कप छनोट खेल खेलेका ५ खेलाडी भने यो टिममा परेका छैनन् । त्यसैगरी, हेमन्त थापामगर र बिमल बस्नेतले पहिलोपटक राष्ट्रिय टिममा ठाउँ बनाएका छन् ।

आगामी एसिया कप छनोटको अभ्यासका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतसँगको खेल नेपाली समयअनुसार आगामी मंगलबार बेलुकी ७ बजे अँधेरी स्पोर्टस् कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्