
शुक्रबार राति भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टोलीले अंक बाँडेका हुन् । वर्षा भएपछि ४६ ओभरमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २ सय ९१ रन बनाएको थियो ।
त्यसपछि पनि वर्षा भएपछि अस्ट्रेलियालाई जितका लागि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य दिइएको थियो ।
अस्ट्रेलियाले ९ ओभरमा ५३ रन जोड्ने क्रममा डेभिड वार्नर, एरोन फिन्च र मोइसेस हेनरिकेस जस्ता ब्याट्सम्यान गुमाइसकेको थियो ।
तर तेस्रो पटक वर्षाले खेल प्रभावित पारेपछि म्याच रेफ्रिले केही समय कुरेर खेललाई अनिर्णित घोषणा गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डका केन विलियम्सनले सतक बनाएको खेलमा लुक रोन्चीले ६५ तथा रोस टेलरले ४६ रन बनाएका थिए ।
अष्ट्रेलियाका जोन हस्टिङले दुई विकेट लिए । विजयी सुरुवात गरेको इंग्ल्याण्ड दुई अंकसहित समूहको शीर्ष स्थानमा छ ।
यस्तै एक एक अंक जोडेका अष्ट्रेलिया र न्यूजिल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्