Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भरतपुर प्रकरण यत्तिकै सकियो भन्ने नसोच्नोस् : ओली


0
Shares

                                                                                    फाइल फोटो
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।

सो महानगरपालिकाको वडा नम्बर–१९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो ।

यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गरे ।

उनले भने–‘बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।’

अध्यक्ष ओलीले भोलिका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सोसम्बन्धी निर्वाचन प्रक्रिया नै संसदमा प्रस्तुत् भइनसकेको उल्लेख गरे । रासस