२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने


0
Shares

आज वेलुकी नेपाली समय अनुसार सवा ७ वजे मुम्बइको अँधेरी स्पोटर््स कम्प्लेक्समा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

एसिया कप छनोट फुटबल अन्तर्गत यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उता भारत पनि एसिया कपको तयारीम रहेकोले नेपाल विरुद्ध मैत्रिपुर्ण खेल खेल्न लागेको हो । आजको खेलमा भारतका नियमित कप्तान सुनिल क्षेत्रीले खेल्ने छैनन् ।

क्षेत्री पुर्णरुपले तयार नभएकोले आज मैदानमा नउत्रिने भारतीय टोलीका प्रशिक्षक स्टेफेन कन्सटाईनटाईनले बताएका छन् ।