चिकित्सकको लापरबाहीले सुत्केरी र शिशुको ज्यान गएको भन्दै मणिपाल अस्पतालमा धर्ना « Image Khabar


चिकित्सकको लापरबाहीले सुत्केरी र शिशुको ज्यान गएको भन्दै मणिपाल अस्पतालमा धर्ना


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १५:१३

चिकित्सकको लापरवाहीले धादिङ त्रिपुरा ६ घर भई पोखरा नयाँबजार बस्दै आएकी ३५ वर्षीया शान्ता भण्डारी र उनका नवजात शिशुको ज्यान गएको आरोप आफन्तले लगाएका हुन् ।

मृतकका आफन्तका अनुसार भण्डारी मंगलबार (हिजो) दिउँसो साढे १० बजे मणिपाल शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी भण्डारीले मृत अवस्थामा शिशु जन्माएको अस्पतालले जनाएको थियो ।

शिशु जन्मेको करीब तीन घण्टापछि चिकित्सकले शान्तालाई पनि मृत घोषणा गरेपछि उनका आफन्त आक्रोशित भएका हुन् ।

सामान्य अवस्थामा सुत्केरी भएकी भण्डारीको स्वास्थ्य अवस्थामा खरावी आएकोबारे जानकारीसम्म नदिई मृत घोषणा गरिएको आफन्तहरुको आरोप छ ।

अस्पताल प्रशासनमा धर्ना दिँदै उनीहरुले सत्यतथ्य पत्ता लगाएर दोषी चिकित्सकमाथी कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्