Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रधानमन्त्री देउवाको गृहजिल्लावासीमा खुसियालीसँगै यस्तो छ अपेक्षा (भिडियो रिपोर्ट)


0
Shares

सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला डडेल्धुराको असिग्राम गाविसमा २००४ सालमा जन्मिएका शेरबहादुर देउवा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं संसदीय दलका नेता हुँदै प्रधानमन्त्री बनेपछि जिल्लावासी हर्षित बनेका हुन् ।

विक्रम संबत् २०१७ सालदेखि नै प्रजातन्त्रको पक्षमा विद्यार्थी जीवनकालबाटै राजनीति सुरु गरेका देउवा प्रधानमन्त्री भएपछि डडेल्धुरावासीले समग्र विकासका अपेक्षासमेत राखेका छन् ।

२०४६ सालमा प्रजातन्त्रको पुनःबहालीपश्चात स्वदेश फर्किएका देउवा २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

यस्तै, २०५८, २०६१ र २०७४ सालमासमेत प्रधानमन्त्री भएपछि चौथोपटक देशको कार्यकारी पदमा काम गर्दा डडेल्धुरालगायत सुदूरपश्चिमको विकासमा महत्वपूर्ण.योगदान रहेको स्थानीय बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस) ।