 
	    एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको कार्यालयले जनाएको छ ।
कार्यालयले हाल तथ्यांक प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिइन् ।
उनले भनिन्–‘जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गर्छौं, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस् भनेर काम भइरहेको छ ।’
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका (एलएलसी) भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुपान्तरण भएको थियो ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी थिए । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्