
स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको ¥यान एयरको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्वीर प्रकाशमा आएको छ ।
समाचार एजेन्सीहरुका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृष्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।
यौनसम्पर्क गर्नुअघि युवकले ‘कसैसँग कन्डम छ ?’ भनेर सोधेका थिए ।
सँगै रहेका एक यात्रुले भने, ‘सुरुमा त हामीले ऊ जिस्किएको होला भन्ने ठानेका थियौं, तरपछि साँच्चै नै उसले आफूसँगै रहेकी युवतीसँग यौनसम्बन्ध बनायो ।’
सो जोडीबीचको सम्बन्ध प्रष्ट भइसकेको छैन । उनीहरु पति–पत्नी वा प्रेमी–प्रमिका हुन् या विमानमा सहयात्रीमात्र हुन् भन्ने प्रष्ट हुन सकेको छैन ।
सो जोडीले मदिरा सेवन गरेको बताइएको छ । छेउमा रहेका यात्रुलाई अर्कोतिर फर्कन भन्दै उनीहरु यौनसम्पर्कमा लिप्त भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् । उनीहरुको गतिविधिका बारेमा विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारवाही नभएको यात्रुहरुको भनाइ छ ।
विना हिच्किचाहट उनीहरु यौनसम्बन्धमा लिप्त भएपछि यात्रुहरु लाजले अर्कोतिर फर्कन बाध्य भएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्