नेपाल–यमन फुटबलः खेल हल्चोकमा, टिकटको मूल्य १०००

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी एन्फाले सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा हुने खेलको इ–सेवामार्फत् एक हजार रुपैयाँकादरले ७०० ओटा टिकट बिक्री गरिने जानकारी दिएको हो ।
भूकम्पका कारण क्षतिग्रस्त दशरथ रंगशालाको पुनःनिर्माण नभइसकेका कारण एन्फाले हल्चोकमा खेल आयोजना गर्न लागेको हो ।
एसियन कप छनोटअन्तर्गत् तेस्रो चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजय भोगेको नेपालले दोस्रो खेलमा यमनसँग खेल्न लागेको हो ।
आगामी मंगलबार हुने खेलका लागि यमनको टोली शनिबार काठमाडौं आइपुग्नेछ ।