
आइतबार राति इंग्ल्यान्डको लन्डनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९२ रनको सामान्य लक्ष्य भारतले ३८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि शिखर धवनले ७८ रन जोड्दा कप्तान विराट कोहलीले अविजित ७६ रनको योगदान दिए ।
यसअघि, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५औं ओभरमा अलआउट हुनुपूर्व १९१ रनमात्रै बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्वीन्टन डे ककले ५६ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन् ।
कुनै समय १४० रन जोड्दा २ विकेटमात्रै गुमाएको दक्षिण अफ्रिकाले पछिल्लो ५० रन जोड्दा ८ विकेट गुमाएको थियो ।
यो जितसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले अब सेमिफाइनलमा बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत् सोमबार हुने खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् । विजेता टोलीले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्