नडालले जिते कीर्तिमानी दशौंपटक फ्रेन्च ओपन टेनिसको उपाधि « Image Khabar


नडालले जिते कीर्तिमानी दशौंपटक फ्रेन्च ओपन टेनिसको उपाधि


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार ०७:१७

स्वीट्जरल्यान्डका स्टानिस्लास वावरिन्कालाई सोझो सेटमा पराजित गर्दै नडालले करियरको १५औं ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

तेस्रो वरीयताका वावरिन्काविरुद्धको खेल चौथो वरीयताका नडालले ६–२, ६–३ र ६–१ को सोझो सेटमा जिते ।

यो जितसँगै नडाल ग्रान्डस्लाम टेनिस जित्ने सर्वकालीन सूचीमा पिट साम्प्रासलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन् ।

पहिलो स्थानमा रहेका रोजर फेडेररले १८ उपाधि जितेका छन् । फेडेररले गत जनवरीमा नाडाललाई पराजित गर्दै १८औं उपाधिकोरुपमा अष्ट्रेलियन ओपन जितेका थिए ।

सन् २००५ मा पहिलोपटक फ्रेन्च ओपनको उपाधि जितेका नडालले १०औं उपाधिसम्म आइपुग्दा यो प्रतियोगितामा जम्मा २ खेल हारेका छन् ।

२००९ मा रोबिन सोडरलिङ तथा २०१४ मा नोभाक जोकोभिचले नडाललाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्